काठमाडौं ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
केहि दिन अगाडी जुम्लाकी एक ४० वर्षीया शिक्षिका महिलाले आफु माथि सांसद बानियाँले जवरजस्ती करणी गरेको किटानी जाहेरी दिएकी थिइन् ।
उक्त महिलाको किटानी दिएको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी भएसँगै सांसद बानियाँको खोजी कार्य सुरु भएको छ ।