लान्झाउ-उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५।२५ बजे रेल दुर्घटना भएको हो ।
प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।