काठमाडौं २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । ओली राष्ट्रति भण्डारीलाई भेट्न शनिबार साँझ शीतलनिवास पुगेका थिए ।
भेटको क्रममा दुईबिच समसामयिक राजनीतिक विषयमा छलफल भएका स्रोतले जनाएको छ । स्रोतका अनुसार स्थानीय तहको निर्वाचनको विषय र एमसीसीको विषयमा पनि छलफल भएको बुझिएको छ ।
सरकारले स्थानीय निर्वाचनको मिति टुंगो लगाउन नसक्दा दवाव दिइरहेको नेकता एमालेले राष्ट्रपति भण्डारीलाई भेट्न अर्थपुर्ण मानिएको छ ।
गठवन्धनबाटै एमसीसीको विषयमा विवाद भइरहँदा ओली र राष्ट्रपति बिच भएको भेटलाई अर्थपुर्ण रुपमा लिइएको छ ।