काठमाडौं २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि प्रेस सल्लाहकार नियुक्त गरेका छन् ।
सरकारको नेतृत्व गरेको सात महिना पछि प्रेस सल्लाहकारमा प्रधानमन्त्री देउवाले गोविन्द परियारलाई नियुक्त गरेका हुन् ।
गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री भएका थिए । एमालेका अध्यक्ष केपी ओलीको सरकारलाई गठवन्धनको समर्थनमा देउवा प्रधानमन्त्री भएका हुन् ।