काठमाडौं २० माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको १२ हजार ६०५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जना गरी ३ हजार १७५ जनामा संक्रमण पुष्टि भएको हो । ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । साथै आज एकै दिन ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् ।