काठमाडौं २० माघ । एमसीसीको विपक्षमा उभिएका सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने रणनिति सुरु गरिएको बुझिएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवलाई भेट्न बालुवटार पुगेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो पार्टी एमसीसीको पक्षमा भएको भन्दै सभामुख हटाउन साथ दिने बताएको बुझिएको छ ।
सभामुखलाई महाभियोग लगाए एमालेले पनि साथ दिने भन्दै एमाले नेता टोपबहादुर रायमाझीले बताइसकेका छन् । लोसपा र एमाले सभामुख हटाउने पक्षमा भएपनि संसदमा सभामुख विरुद्ध दुई तिहाईको समर्थन आवश्यक हुन्छ ।
जसको लागि जसपाको पनि समर्थन चाहिन्छ । सदनमा एमसीसी प्रस्तुत् गर्न नदिएको भन्दै सभामुख प्रति रुष्ट रेका देउवाले ठाकुरलाई यस विषयमा साथ दिन भनिसकेका छन् । जवाफमा ठाकुरले सर्मथन गर्ने जनाएका छन् ।