सभामुख सापकोटालाई हटाउन एमालेसँगै लोसपाका अध्यक्ष ठाकुर पनि तयार, सभामुख विरुद्ध संसदमा पुग्ला त दुई तिहाई ? — OSNepal

सभामुख सापकोटालाई हटाउन एमालेसँगै लोसपाका अध्यक्ष ठाकुर पनि तयार, सभामुख विरुद्ध संसदमा पुग्ला त दुई तिहाई ?

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । एमसीसीको विपक्षमा उभिएका सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने रणनिति सुरु गरिएको बुझिएको छ ।

आज  प्रधानमन्त्री  शेरबहादुर देउवलाई   भेट्न   बालुवटार पुगेका   लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका  अध्यक्ष    महन्थ  ठाकुरले पनि  आफ्नो  पार्टी   एमसीसीको  पक्षमा   भएको  भन्दै    सभामुख हटाउन   साथ   दिने  बताएको   बुझिएको  छ  । 

सभामुखलाई महाभियोग लगाए एमालेले पनि साथ दिने भन्दै एमाले नेता टोपबहादुर रायमाझीले बताइसकेका छन् । लोसपा र एमाले सभामुख हटाउने पक्षमा भएपनि संसदमा सभामुख विरुद्ध दुई तिहाईको समर्थन आवश्यक हुन्छ ।

जसको लागि जसपाको पनि समर्थन चाहिन्छ । सदनमा एमसीसी प्रस्तुत् गर्न नदिएको भन्दै सभामुख प्रति रुष्ट रेका देउवाले ठाकुरलाई यस विषयमा साथ दिन भनिसकेका छन् । जवाफमा ठाकुरले सर्मथन गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर