काठमाडौं १४ माघ । सत्तारुढ पाँच दलहरुको बैठक भोली बस्ने भएको छ । आज शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बिच भएको भेटवार्तामा भोली गठवन्धनको बैठक बस्ने सहमति भएको हो ।
भोली बस्ने सत्ता गठवन्धनको बैठकले वैशाख हुने भनिएको स्थानीय तहको निवार्चन केहि समय पर धकेल्ने विषयमा छलफल हुने पनि बालुवाटार स्रोतले जनाएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनु दुई महिना भन्दा अघि नै निर्वाचन गर्ने ऐनमा उल्लेख गरिएको छ ।
साथै तिन नेता बिच आज बालुवाटारमा भएको बैठकमा बुधबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा पनि छलफल भएको बताइएको छ ।
स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्नु पर्ने भन्दै प्रतिपक्षबाट दवाव आइरहँदा पनि गठवन्धन भने निर्वाचन सार्ने पक्षमा रहेको छ ।