चौतर्फी दवाव आएपनि स्थानीय तहको निवार्चन केहि समय पछि सार्ने विषयमा छलफल गर्न सत्ता गठवन्धनको बैठक बस्दै — OSNepal

चौतर्फी दवाव आएपनि स्थानीय तहको निवार्चन केहि समय पछि सार्ने विषयमा छलफल गर्न सत्ता गठवन्धनको बैठक बस्दै

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । सत्तारुढ पाँच दलहरुको बैठक भोली बस्ने भएको छ । आज शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बिच भएको भेटवार्तामा भोली गठवन्धनको बैठक बस्ने सहमति भएको हो ।

भोली बस्ने सत्ता गठवन्धनको बैठकले वैशाख हुने भनिएको स्थानीय तहको निवार्चन केहि समय पर धकेल्ने विषयमा छलफल हुने पनि बालुवाटार स्रोतले जनाएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनु दुई महिना भन्दा अघि नै निर्वाचन गर्ने ऐनमा उल्लेख गरिएको छ ।

साथै तिन नेता बिच आज बालुवाटारमा भएको बैठकमा बुधबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा पनि छलफल भएको बताइएको छ ।

स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्नु पर्ने भन्दै प्रतिपक्षबाट दवाव आइरहँदा पनि गठवन्धन भने निर्वाचन सार्ने पक्षमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर