काठमाडौं ६ माघ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित् भएको छ । आज बिहिबार अपरान्ह्र ४ बजे बस्ने भनिएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको हो ।
बैठक स्थगित भएकोबारे समितिका संयोजक रामचन्द्र पौडेलले जानकारी दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताको कारण बैठक स्थगित भएको बताइएको छ ।
आज बस्ने बैठकमा स्थानीय तह निर्वाचनको मिति बारे गरिने भएको थियो ।