प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा पानी मुनि ज्वालामुखी विष्फोट — OSNepal

प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा पानी मुनि ज्वालामुखी विष्फोट

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विष्फोट भएको सीएनएनले जनाएको छ । शुक्रबार र शनिबार दोस्रो पटक ५ बजेर २६ मिनेटमा ज्वालामुखी विष्फोटन भएको बताइएको छ ।

पानी मुनि ज्वालामुखी विष्फोट भएकोले सुनामीको चेतावनी जारी जारी गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । सुनामी आउन सक्ने भन्दै अमेरिका र जापानले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा आजन आग्रह समेत गरेको सीएनएनले जनाएको छ ।

ज्वालामुखी बाट आएको छालले टोंगासम्म क्षति पुर्याएकोले त्यस स्थानको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण आउन ढिलाई भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर