काठमाडौं २ माघ । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विष्फोट भएको सीएनएनले जनाएको छ । शुक्रबार र शनिबार दोस्रो पटक ५ बजेर २६ मिनेटमा ज्वालामुखी विष्फोटन भएको बताइएको छ ।
पानी मुनि ज्वालामुखी विष्फोट भएकोले सुनामीको चेतावनी जारी जारी गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । सुनामी आउन सक्ने भन्दै अमेरिका र जापानले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा आजन आग्रह समेत गरेको सीएनएनले जनाएको छ ।
ज्वालामुखी बाट आएको छालले टोंगासम्म क्षति पुर्याएकोले त्यस स्थानको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण आउन ढिलाई भएको बताइएको छ ।
Huge volcanic eruption near Tonga.
Reports of tsunami there and it's gone pitch black. Lots of lightning too.
#tonga pic.twitter.com/cHkH9uBNfI
— Appi (@Appi4INC) January 16, 2022