बलिउडका फिल्म समिक्षक कमाल राशिद खान केआरके अचेल सामाजिक सञ्जालमा खुब छाउन थालेका छन् । राधे फिल्मको समिक्षा गरेपछि सलमान खान बिरुद्ध खनिएका उनी अब गायक मिक्का सिंह प्रति अत्यन्तै आक्रोशीत बनेका छन् । उनले गायक मिक्का लाई अत्यन्तै तल्लो स्तरमा गालि गरेका छन् ।
केआरके को मिका सिंहलाई यस्तो छ गाली
केआरकेले फिल्म निर्माता अनुराग कश्यप र करण जौहरलाई गायक मिक्का सिंहलाई कमजोर भनेपछि उनले तल्लोस्तरको गालि बर्षाएका छन् ।
उनले आफ्नो ट्विटरमा लेखका छन्– यो चिरकुट, गवार सिंगर आफुलाई शक्तिशाली र अनुराग करण जौहरलाई कमजोर बताईरहेको छ । यो लफुङ्गोको एक भाई जेल गयो, अर्काे भाई जेल गयो र यो आफै जेल गएको छ । यसको औकात यहि हो । करण र अनुरागको ड्राइभरको यसको भन्दा बढी भ्यालु छ । अनपढ छ जे पनि बोल्छ ।
यसअघि मिकाले पोष्ट गर्दै बलिउडका सफ्ट ब्यक्तिलाई मात्र टार्गेट गर्ने गरेको भन्दै उडाएका थिए । त्यसैको जवाफमा केआरकेले तल्लो स्तरको गाली दिएका हुन् ।