काठमाडौं १६ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुँदै राजनीतिक परिर्वतन सम्भव भएको बताएका छन् ।
आज राष्ट्रिय एकता तथा मेलमिलपाको दिवसको अवरमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले वीपी कोइराला , गणेशमान सिंह लगायत अग्रज नेताहरुलाई सम्झिएका छन् ।
२०३३ पौष १६ गते आजै दिन वीपी कोइराला , गणेशमान सिंह लगायतका हाम्रा श्रदय नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई र्विासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो । सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘२०३३ पुस १६गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रदय नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो। उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुदै राजनीतिक परिवर्तनन सम्भव भएको हो।’