राष्ट्रिय एकता मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुँदै राजनीतिक परिर्वतन सम्भव भएको हो — OSNepal

राष्ट्रिय एकता मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुँदै राजनीतिक परिर्वतन सम्भव भएको हो

LC (KTM) December 31, 2021 0

काठमाडौं १६ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुँदै राजनीतिक परिर्वतन सम्भव भएको बताएका छन् ।

आज राष्ट्रिय एकता तथा मेलमिलपाको दिवसको अवरमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले वीपी कोइराला , गणेशमान सिंह लगायत अग्रज नेताहरुलाई सम्झिएका छन् ।

२०३३ पौष १६ गते आजै दिन वीपी कोइराला , गणेशमान सिंह लगायतका हाम्रा श्रदय नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई र्विासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो । सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘२०३३ पुस १६गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रदय नेताहरुले ​राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो। उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा ​लोकतन्त्र बहाली हुदै राजनीतिक परिवर्तनन सम्भव भएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर