काठमाडौँ १६ जेठ । प्रधानमन्त्री केपी ओली सरकारले गरेको संसद विघटनको विषयमा आज पनि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ ।गत शुक्रबारदेखि सुरु भएको सुनुवाईमा संसद पुर्नस्थपना हुनपर्छ भन्दै २६ वटा मुद्धा परेका छन् । ओलीको समर्थनमा जम्मा ४ वटा मुद्धा परेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । सुर भएको सुनुवाईमा अहिले अधिवक्ता गोविन्द बन्दीले बहस गरिरहेका छन् ।