अब जेष्ठ नागरिकले भत्ता ४ हजार पाँउने — OSNepal

अब जेष्ठ नागरिकले भत्ता ४ हजार पाँउने

LC (KTM) May 29, 2021 0

काठमाडौं- सरकारले वृद्धभत्ता लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्नुभएको हो ।

हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ ।  भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेल८ले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।

वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ । सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरूलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर