काठमाडौं- सरकारले वृद्धभत्ता लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्नुभएको हो ।
हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेल८ले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।
वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ । सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरूलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ ।