काठमाडौँ १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटविरुद्धको लागि बहस गर्न रिट निवेदकहरुलाई १० मिनेटको समय निर्धारण गरिएको छ । आजबाट संवैधानिक इजलासमा सुरु भएको संसद विघटन विरुद्धको मुद्धामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठले सुनुवाई गर्ने भएका छन्
। रिट निवेदहरुको लागि समय तोकेपनि वरिष्ठ अधिवक्ताको रुपमा भने समय निर्धारण गरिएको छैन ।