नेपाली सांगितिक क्षेत्रले आज एक नक्षत्र गुमाएको छ । गायक तथा सङ्गीतकार स्वयम्भूराज शाक्यको निधन भएको छ । शाक्यको ६६ वर्षको उमेरमा निधन भएको हो ।
उनलाई बिशेष गरेर नेपाल भाषाका गितहरु गाउने गायकको रुपमा चिनिदै आएको छ । उनले थुप्रै चलेका आधुनिक गितहरु समेत गाएका छन् । शाक्य राष्ट्रिय नाचघरबाट गायकका रुपमा अवकाश प्राप्त कलाकार समेत थिए ।
थुप्रै आधुनिक गीतहरु रेडियो नेपालमा रेकर्ड भएका छन्। उहाँका असंख्य नेपाल भाषाका गीतहरु समेत लोकप्रिय छन्।