गायक तथा संगितकार शाक्यको ६६ बर्षको उमेरमा निधन — OSNepal

गायक तथा संगितकार शाक्यको ६६ बर्षको उमेरमा निधन

LC (KTM) May 26, 2021 0

नेपाली सांगितिक क्षेत्रले आज एक नक्षत्र गुमाएको छ । गायक तथा सङ्गीतकार स्वयम्भूराज शाक्यको निधन भएको छ । शाक्यको ६६ वर्षको उमेरमा निधन भएको हो ।

उनलाई बिशेष गरेर नेपाल भाषाका गितहरु गाउने गायकको रुपमा चिनिदै आएको छ । उनले थुप्रै चलेका आधुनिक गितहरु समेत गाएका छन् । शाक्य राष्ट्रिय नाचघरबाट गायकका रुपमा अवकाश प्राप्त कलाकार समेत थिए ।

थुप्रै आधुनिक गीतहरु रेडियो नेपालमा रेकर्ड भएका छन्। उहाँका असंख्य नेपाल भाषाका गीतहरु समेत लोकप्रिय छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर