काठमाडौँ १२ । काठमाडौँ स्थित कालीमाटि तरकारी बजारका सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिएको छ । कोरोना संक्रमण दर नघटेको भन्दै तरकारी ओसारपसार गर्ने सवारीमा समेत जोर विजोर प्रणाली लागु गरिएको हो ।
बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताएका अनुसार तरकारी बजारमा संक्रमण उच्च भएकाले यस्तो नियम लागु गरिएको हो । चालक र सहचालक धेरै ठाउँ भएर आउने हुनाले यसबाट संक्रमण बढेको भट्टराईले बताएका छन् ।
हाल करिब ७० वटा सवारी साधन ढुवानीका लागि सञ्चालन भएपनि अब जोरविजोर प्रणालीमा सञ्चान हुने छन् ।