तरकारी ओसारपसार गर्ने सवारी साधनमा लागु भयो जोरविजोर प्रणाली — OSNepal

तरकारी ओसारपसार गर्ने सवारी साधनमा लागु भयो जोरविजोर प्रणाली

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ । काठमाडौँ स्थित कालीमाटि तरकारी बजारका सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिएको छ । कोरोना संक्रमण दर नघटेको भन्दै तरकारी ओसारपसार गर्ने सवारीमा समेत जोर विजोर प्रणाली लागु गरिएको हो ।

बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताएका अनुसार तरकारी बजारमा संक्रमण उच्च भएकाले यस्तो नियम लागु गरिएको हो । चालक र सहचालक धेरै ठाउँ भएर आउने हुनाले यसबाट संक्रमण बढेको भट्टराईले बताएका छन् ।

हाल करिब ७० वटा सवारी साधन ढुवानीका लागि सञ्चालन भएपनि अब जोरविजोर प्रणालीमा सञ्चान हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर