नेपाल बार तथा सर्वोच्चकै न्यायाधीशहरु आफ्नै विरोधमा उभिदा प्रधानन्यायाधिशले तोके १२ इजलास — OSNepal

नेपाल बार तथा सर्वोच्चकै न्यायाधीशहरु आफ्नै विरोधमा उभिदा प्रधानन्यायाधिशले तोके १२ इजलास

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १२ इजलास तोकेका छन् । सर्वोच्च अदालतकोे परिसरमै आफ्नो राजीनामाको माग गर्दै विरोध पर्दश्न भइरहँदा प्रधानन्यायाधीशले इजलास तोकेका हुन् ।

नेपाल बारको अगुवाईमा आयोजना भएको विरोध कार्यक्रमा आजबाट सुरु भएको छ । उक्त विरोध कार्यक्रम तिन दिन चल्ने भएको छ । तोकिएको इजलासमा ४ वटा आफुसहितका एकल इजालस रहेका छन् । उक्त इजालसमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएको जनाइएको छ ।

प्रधानन्यायाधीशले इजलास तोकपनि न्यायाधीश भने आउने या  नआयने निश्चित भएको  छैन   ।   तथापी, नेपाल बारकै न्यायाधिशहरु   नै पक्ष   र विपक्षमा उभिएका  छन् ।  यता सर्वोच्च अदातलतकै  न्यायाधीशहरु पनि प्रधानन्यायाधीश विरुद्ध उभिएका    छन् । 

बारले राजीनाको लागि पाँच दिनको समय दिएपनि प्रधानन्यायाधीशले भने संवैधानिक विधिबा आएको भन्दै सडकमा राजीनामा माग्दैमा नदिने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर