काठमाडौं १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १२ इजलास तोकेका छन् । सर्वोच्च अदालतकोे परिसरमै आफ्नो राजीनामाको माग गर्दै विरोध पर्दश्न भइरहँदा प्रधानन्यायाधीशले इजलास तोकेका हुन् ।
नेपाल बारको अगुवाईमा आयोजना भएको विरोध कार्यक्रमा आजबाट सुरु भएको छ । उक्त विरोध कार्यक्रम तिन दिन चल्ने भएको छ । तोकिएको इजलासमा ४ वटा आफुसहितका एकल इजालस रहेका छन् । उक्त इजालसमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएको जनाइएको छ ।
प्रधानन्यायाधीशले इजलास तोकपनि न्यायाधीश भने आउने या नआयने निश्चित भएको छैन । तथापी, नेपाल बारकै न्यायाधिशहरु नै पक्ष र विपक्षमा उभिएका छन् । यता सर्वोच्च अदातलतकै न्यायाधीशहरु पनि प्रधानन्यायाधीश विरुद्ध उभिएका छन् ।
बारले राजीनाको लागि पाँच दिनको समय दिएपनि प्रधानन्यायाधीशले भने संवैधानिक विधिबा आएको भन्दै सडकमा राजीनामा माग्दैमा नदिने बताउँदै आएका छन् ।