ओखलढुङ्गामा कोरोना सङ्क्रमणबाट पहिलोपटक एक जनाको मृ त्यु — OSNepal

ओखलढुङ्गामा कोरोना सङ्क्रमणबाट पहिलोपटक एक जनाको मृ त्यु

LC (KTM) May 24, 2021 0

ओखलढुङ्गा- कोरोना सङ्क्रमणबाट यहाँ एक महिलाको मृ त्यु भएको छ । सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको मृ त्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना सङ्क्रमणबाट मृ त्यु भएको भए पनि जिल्लामा रहेका सङ्क्रमितको यसअघि मृ त्यु भएको थिएन ।

जङ्गली च्याउ खाँदा एकको मृ त्यु :- सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृ त्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृ त्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो ।च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ त्यु भएको वडाध्यक्ष राईले बताउनुभयो । गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उहाँकी आमा ७० वर्षीया राधिकासमेत बिरामी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर