प्रदेश १ को प्रदेशसभाको बैठक कात्तिक १५ गते सम्म स्थगित — OSNepal

प्रदेश १ को प्रदेशसभाको बैठक कात्तिक १५ गते सम्म स्थगित

LC (KTM) October 24, 2021 0

काठमाडौँ ७ कात्तिक । अन्तत : प्रदेश १ को प्रदेशसभाको बैठक कात्तिक १५ गते सम्म स्थगित भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले बैठक रोक्न प्रदेश सभामुखलाई निवेदन दिएपछि बैठक स्थगित भएको हो ।

आज आइतबार मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसुची रहेको थियो । अब योसँगै आचार्यको सरकार कात्तिक १५ गते सम्मलाई जोगिएको छ ।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर