काठमाडौँ ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसमा आएको बाढी, पहिरो पीडितका लागि सरकारले विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन् ।आज आइतबार प्रदेश १को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा प्रधानमन्त्री देउवाले यस्तो स्पष्ट पारेका हुन् ।
बाढी पहिरोबाट गाँस बासको समस्या भागेका तथा पाकेको धान भित्रयान नपाई बाढीले क्षति गरेको भन्दै उनले आफु काठमाडौं जाने बित्तिकै यसको लागि राहात प्याकेज व्यवस्था गर्ने बताएका छन् ।
सरकारको पहिलो काम जनताको गाास बासको सुरक्षा गर्नु भएको बताएका देउवाले भनेका छन् , ‘साधन स्रोत मागेरै भएपनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौं, बाढीपहिरोले धेरै नोक्सान गरेको छ, हामी पीडितलाई ऋण लिएर भएपनि वासस्थानको र खानका लागि व्यवस्था गर्नेर्छौं,सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौं ।’
साथै, देउवाले यस विषम परिस्थितिमा पनि सुरक्षाकर्मीहरुले गरेको कामको प्रशंसा गर्दै पूर्वाधार विकासभन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।