एम्बुलेन्ससँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार अनमोल र निशानको दु:खद मृत्यु — OSNepal

एम्बुलेन्ससँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार अनमोल र निशानको दु:खद मृत्यु

LC (KTM) October 24, 2021 0

काठमाडौं ७ कात्तिक । रुपन्देहीमा एम्बुलेन्ससँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु ज्यान गएको छ ।

बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

सामान्य घाइते भएका एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ सामान्य उपचार पछि प्रहरीको नियन्त्रण रहेका छन् ।

ज्यान गुमाउनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय चालक अनमोल थापा र मोटरसाइकलको पछाडि बस्ने सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेका छन् ।

दुर्घटनमा गम्धिर घाइते भएका दुर्व जनाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारको क्रममा ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर