प्रधानन्यायाधीश जवरा र नेपाल बार एसोसिएसनको टोलीबिच भेटवार्ता — OSNepal

प्रधानन्यायाधीश जवरा र नेपाल बार एसोसिएसनको टोलीबिच भेटवार्ता

LC (KTM) October 24, 2021 0

काठमाडौं ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र नेपाल बार एसोसिएसनको टोलीबिच भेटवार्ता भएको छ । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार जवरालाई भेट्न सर्वोच्च अदालत पुगेका हुन् ।

एक अधिवक्त्ताले दिएको जानकारी अनुसार दुई बिच छलफल सुरु भएको बताइएको
छ । बारले प्रधानन्यायाधीश जवरालाई १५ दिनको समय दिएर गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन अल्टिमेटम दिएपछि आज प्रतिवद्धता खोज्दै बारका चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्यायाधीशबिच छलफल सुरु भएको हो ।

यदि बार कार्यसमितिको बैठकले गोलाप्रथाबाट पेश तोक्ने प्रतिबद्धता नआए जवरा माथि विश्वास गर्न नसकिने समेत बारले निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर