काठमाडौं ७ कात्तिक । रौतहटमा प्रहरीले तिन जना सिकारीलाई पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा वन सुरक्षा टोलीले तिन जनालाई र रङ्गेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका–५, लक्ष्मीपुरका २२ वर्षीय शेख सेराज मियाँ, सोही ठाउँका १८ वर्षीय कलाम मंसुरी, २२ वर्षीय मोजाहिर मंसुरी रहेका छन् । पक्राउ परेका तिन जनाहरुको साथबाट प्रहरीले गरुडजस्तै देखिने पानीमा बस्ने संरक्षित माईग्रेड नामक चरा १४ वटा घाँटी रेटेर मारिएको अवस्थामा बरामत गरेको छ ।
साथै उनीहरुको साथबाट प्रहरीले एक थान चक्कु, १५ मिटर डोरी र ३ थान साईकल बरामद समेत गरेको छ । पक्राउ परेका तीन जनामाथि वन्यजन्तु अपराध सम्बन्धी मुद्दा चलाउने डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् ।