सल्यानमा जीप दुर्घटना, आठ जना घाइते — OSNepal

सल्यानमा जीप दुर्घटना, आठ जना घाइते

LC (KTM) October 24, 2021 0

काठमाडौं ७ कात्तिक । सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । भे १ च १८९० नम्बरको बोलेरो जिप सल्यानको कपुरकोट ३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

घाइएते हुनेहरुमा गाडी चालक बागचौर नगरपालिका २ का १९ वर्षीय हिक्मत पुनमगर र बागचौर २ कै १९ वर्षीय अर्जुन केसी , सोही नगरपालिका वडा नं. १ सल्यान निवासी अन्दाजी १४ वर्षीय आयुस बस्नेत, २२ वर्षीय मनोज बस्नेत, बागचौर नगरपालिका २ का अन्दाजी २७ वर्षीया सीता वली, २८ वर्षीया बविता रावल र उनकी छोरी एसिका रहेका छन् ।

त्यसै गरी, गम्भीर घाइते भएका एक पुरुषको भने परिचय नखुलेको त्यहाँ स्थित प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर