शाहिद कपुरकी श्रीमती मीरा राजपुतले मालदीव भ्याकेशनमा एकदमै धेरै रमाईलो गरेकी छिन् । उनको ग्ल्यामर्स लुक्सलाई लिएर फ्यानहरुले उनको एकदमै तारिफ गरेका थिए । अब उनी भ्रमण सकेर मुम्बई फर्किसकेकी छिन् । यसैक्रममा उनको एयरपोर्ट लुक्सले भने सबैको ध्यान खिचेको छ । शर्टस्मा मीरा राजपुतलाई देखे पछि फ्यानहरुले उनलाई ट्रोलको शिकार बनाएका थिए । शुक्रबार मीरा आफ्नो परिवार संग एयरपोर्टमा देखिएकी छन् । एयरपोर्ट लुक्सका लागि मीरा तथा शाहिदले दुबैजनाले सबै कालो रंगको गेटअप नै रोजेका छन् ।
जसमा शहिदले ब्ल्याक श्वेटसर्ट तथा पेन्ट लगाएका थिए । मीराले भने ब्ल्याक ज्याकेटको साथमा शर्टस् लगाएकी थिईन् । शर्टस् लगाएको भन्दै फ्यानहरुले ट्रोल उडाउएका छन् । सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले त निक्कै आछु आछु पारेका छन् कमेन्ट गरेर । एक युजर भन्छन्– बच्चा बरु सबै कपडा लगाएको छ आमाले केही छैन । अर्का एक युजरले लेखेका छन्– उनले पेन्ट लगाउन भुलिछिन् ।