संसद विघटन विरुद्धको रिटमा १४८ सांसदहरुको हस्ताक्षर — OSNepal

संसद विघटन विरुद्धको रिटमा १४८ सांसदहरुको हस्ताक्षर

LC (KTM) May 24, 2021 0

काठमाडौ १० जेठ । संसद विघटन विरुद्ध पाँच दलका सांसदहरुले हस्ताक्षर गरेका छन् । आज सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न जान लागेको विपक्षीदलका सांसदहरुले रिटमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गर्नेमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्र्रका ४८, एमालेको माधव नेपाल समुहका २६, जसपाका उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समुहका १२ र जनमोर्चाका १ गरी १४८ सांसदहरु रहेका छन् ।ओली सरकारको विरोधमा कानुनी रुपमानै लड्ने निणर्य गरेको पाँच दल आज हस्ताक्षर सहित अदालत जाने भएको हो ।

गएको जेठ ७ गते मध्य राति सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी चुनावको घोषणा गरेकी थिइन् ।

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर