बाढीपहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन चिकित्सकको सुझाव — OSNepal

बाढीपहिरो प्रभावित क्षेत्रमा सतर्कता अपनाउन चिकित्सकको सुझाव

LC (KTM) October 24, 2021 0

काठमाडौँं । पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यसै महिना परेको अतिवृष्टिसँगै नेपालका हरेक क्षेत्रमा बाढीपहिरो तथा डुबान भएर हालसम्म १११ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । अर्बौं रुपियाँबराबरको खाद्यबाली नोक्सान भएको छ । कतिपय बस्ती नै बाढीपहिरोमा परी विस्थापित हुन पुगेका छन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बाढीपहिरो तथा डुबान प्रभावित जिल्लामा झाडापखाला, ज्वरो, कमलपित्त, टाइफाइड, जन्डिसलगायतका समस्या देखिन सक्ने जानकारी दिनुभयो । बाढीपहिरो गएको क्षेत्रमा सङ्क्रामक रोगको जोखिम भएकाले सतर्कता अपनाउन उहाँले सुझाव दिनुभयो ।

बाढीपहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो, रुघाखोकी, जन्डिसलगायतका समस्या देखिने भन्दै उहाँले धनजनको क्षतिभन्दा स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । खानेपानीमा दिसा मिसिएमा तथा बाढीले पानी फोहोर हुँदा रोग फैलिन सक्ने भन्दै उहाँले पानी उमालेर खान तथा पीयूूष मिसाएर पिउन आग्रह गर्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर