उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा कन्काई नगरपालिकाले अपराजित यात्रालाई कायमै राखेको छ । कन्काईले प्रतियोगितामा आज सहित लगातार दोस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज सम्पन्न खेलमा महालक्ष्मी नगरपालिका माथि गोलको अभुतपुर्व बर्षा गराएको छ । ९० मिनेटको खेलमा कन्काईले महालक्ष्मी नगरपालिका माथि १९ गोल गरेको हो । महालक्ष्मीले भने कुनै पनि गोल फर्काउन सकेन ।
कन्काई लाई भारी गोल अन्तरले जित दिलाउने क्रममा कुशुम खतिवडा एक्लैले ले ८ गोल गरिन् । दिपा शाहीले ५ तथा सिमरन राई र ममता राउतले समान २ गोल गरे ।लक्ष्मी श्रेष्ठ र ईमा राईले समान एक एक गोल गरे । यस अघि पहिलो खेलमा पनि कन्काईले उत्कृष्ट खेल प्रर्दशन गरेको थियो । गोदावरी नगरपालिकालाई शुन्यका बिरुद्ध १२ गोलले पराजित गरेको थियो । यस उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान बिस बिस २० हजार प्राप्त गर्नेछन् ।