अभिनेत्री मलाइकाको ब्वाईफ्रेण्ड अर्जुनले प्रियंकाकी बहिनी परिणीतिको यसरी गरे तारिफ, भने– तिमी जहाँ भए पनि तिम्रो मनमा म हुन्छु — OSNepal

अभिनेत्री मलाइकाको ब्वाईफ्रेण्ड अर्जुनले प्रियंकाकी बहिनी परिणीतिको यसरी गरे तारिफ, भने– तिमी जहाँ भए पनि तिम्रो मनमा म हुन्छु

LC (KTM) October 23, 2021 0

बलिउड अभिनेत्री परिणीति चोपडाले २२ अक्टोबर अर्थात हिजो नेपालमा आफ्नो जन्म दिन मनाएकी छिन् । उनले आफ्नो ३३ औ जन्म दिन नेपालको मनाङ जिल्लामा मनाएकी हुन् । उनलाई जन्म दिनको अवसरमा धेरैले बधाई तथा शुभकामना दिएका थिए । यसै सिलसिलामा परिणीतिको एकदमै नजिकको साथी बलिउड अभिनेता अर्जुन कपुरले पनि एकदमै स्पेशल तरिकाले जन्म दिनको शुभकामना दिएका छन् ।

आफ्नै गर्लफ्रेण्ड मलाइका अरोरा लाई पनि यसरी स्पेशल तरिकाले अर्जुनले जन्म दिन विस गरेका थिएनन् होला सायद । हालै उनको जन्म दिनमा इश्कजादेका कोस्टार समेत रहेका अर्जुन कपुरले खास अन्दाजमा जन्म दिनको शुभकामना दिएका हुन् । जसलाई देखेर उनको गर्लफ्रेण्ड मात्र नभइ फ्यानहरु नै चकित भएका छन् । उनले परिणीतिको भ्याकेशनको फोटोको साथमा आफ्नो तस्बीर फोटोशप गरेर जन्म दिनको शुभकामना दिएका छन् ।

परिणीतिको फोटो संग अर्जुनको फोटो यसरी मर्ज गरिएको छ कि लाग्छ उनीहरु दुबै जना संगै भ्याकेसनमा गएका थिए । कहिले पहाड, कहिले समथर मैदान त कहिले बिदेशका सडकहरुमा दुबै जना एक साथ देखिएका छन् । फोटो शेयर गर्दै अर्जुनले लेखेका छन्– परी तिमी दुनिया घुम्छौ । साथै म हरेक जग्गामा तिम्रो मनमा हुन्छु । वल्र्ड टुरिज्म एम्बास्डरलाई जन्म दिनको शुभकामना । तिमिलाई यो टाइटल डिर्जभ गर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर