काठमाडौं १० जेठ । संसद विघटन विरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गर्न लागेको रिटमा माधव नेपाल समुहका २३ जना सांसदहरुले हस्ताक्ष्र गरेका छन् । आफ्नै पार्टीको विरोधमा उत्रिएका नेपाल समुहमा २६ सांसद मध्ये २३ जनाको हस्ताक्षर जुटेको हो ।
आज केहि बेरमा सर्वोच्च जान लागेको विपक्षी गठबन्धनले संसद पुर्नस्थापना र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दर्ता गर्न लागेको हो ।