दलित जनजाती उथान केन्द्रका कोडिनेटर २४ वर्षीय बिकेश ठगी गरेको अभियोगमा पक्राउ — OSNepal

दलित जनजाती उथान केन्द्रका कोडिनेटर २४ वर्षीय बिकेश ठगी गरेको अभियोगमा पक्राउ

LC (KTM) October 22, 2021 0

रौतहट ५ कात्तिक । अबैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बौधीमाई नगरपालिका(१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाल रहेका छन् । निजलाई ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

कोभिड-१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग बिकेशले नगद ३ हजारर ३ हजार ३ सयका दरले अबैध रुपमा पैसा उठाई ठगी गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले सोही बैंकको गेट अगाडिबाट उनलाई फेला पारी जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर