नेकपा एमालेले बोलायो कात्तिक १२ गते केन्द्रीय कमिटिको बैठक — OSNepal

नेकपा एमालेले बोलायो कात्तिक १२ गते केन्द्रीय कमिटिको बैठक

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । नेकपा एमालेले केन्द्रिय कमिटिको बैठक बोलाएको छ । बैठक कात्तिक १२ गतेका लागि बोलाइएको हो । बिहिबार देखि बसेको स्थायी कमिटिको बैठकले आज १० औँ महाधिवेशन चितवनमा गर्ने निणर्य गरेको हो ।

महाधिवेशनका बारेमा थप आवश्यक निर्णय लिनका लागि भने कात्तिक १२ गते केन्द्रिय कमिमिटको बैठक बोलाएको हो । कात्तिक ६ गते भोली शनिबार एमालेको देशैभर एकैपटक वडा अधिवेशन हुने भएको छ भने कात्तिक नौ गते देशैभर पालिका अधिवेशन भएको छ ।

यी दुवै अधिवेशनमा अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यतालिका समेत रहेको छ । ६ र ९ गतेको वडा र पालिका अधिवेशन सकिएपछि थप अधिवेशनको विषयमा निष्कर्ष निकाल्ल केन्द्रिय कमिटिको बैठक बोलाइएको बताइएको छ ।

आजको बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिको कार्यान्वयनका लागि गठित कार्यदलका संयोजकबाट राजीनामा समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर