काठमाडौं, ५ कात्तिक-नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ ।च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यो निर्णयमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले असहमति जनाएका छन् । विधि-पद्धति भन्दा पनि प्रभु साहले भनेको भनेर मनोनीत गरिएकामा उनले अहसमति जनाएका हुन् ।
यो निर्णय १० बुँदेको विपरीत भएको उनको भनाइ छ । ‘कुनै छलफल नगरी, विधि-पद्धतिबिना दुई जना राख्ने कुरामा मेरो असहमति छ’, उनले भने ।