नेपाल बारले दियो प्रधानन्यायाधीश जबरालाई १५ दिनको समय अल्टिमेटम — OSNepal

नेपाल बारले दियो प्रधानन्यायाधीश जबरालाई १५ दिनको समय अल्टिमेटम

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । प्रधानन्यायायाधीश चोलेन्द्र शम्शेर जबरालाई नेपाल बार एशोसिएसनले न्यायालय सुधारको प्रतिवद्धता व्यक्त गर्न १५ दिनको समय दिएको छ ।

आज शुक्रबार बसेको नेपाल बारको बैठकले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको सुझाव कार्यान्वयनबारे सर्वोच्च अदालतको पूर्ण बैठकबाट निर्णय गर्न १५ दिनको समय दिएको हो । बारले सार्वजनिक विज्ञप्तिमा नै जारी गरी प्रधानन्यायाधीश जबरालाई १५ दिनको समय दिएको हो ।

विज्ञप्तीमा भनिएको छ , ‘प्रतिवेदन तत्काल लागू गराउने समयसिमासहितको प्रतिवद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था रहँदैन , यस स्थितिमा सर्वोच्च अदालतले उल्लेखित प्रतिवेदन कार्यान्वयनको प्रतिवद्धता तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।’

आउँदो आइतबार प्रधानन्यायाधीशलाई भेटेर त्यस विषयमा छलफल समेत गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर