आर्यन खान संगको च्याट देखे पछि एनसीबीले अभिनेत्री अनन्या पाण्डे संग लगातार २ दिन देखी सोधपुछ गरिरहेको छ । पहिलो दिनको सोधपुछ बाट एनसीबीलाई महत्वपुर्ण जानकारी मिले पछि अनन्यालाई आज दोस्रो दिन पनि सोधपुछ गरेको छ । अनन्या पाण्डे आफ्ना पिता चंकी पाण्डे संग एनसीबीको कार्यालयमा पुगेकी थिईन् । अनन्या संग आज एनसीबीको टोली करीब ४ घण्टा लामो सोधपुछ गरेको छ । उनलाई फेरी सोमबार एनसीबीले सोधपुछका लागि बोलाएको छ ।
आजको सोधपुछ ४ घण्टा सम्म चलेर स्थगीत गरिएको थियो । यसअघि हिजो अनन्या संग २ घण्टा सोधपुछ गरिएको थियो । जसरी अनन्यालाई एनसीबीले सोधपुछ गरिरहेको छ यसले आर्यनलाई ड्रग्स केसमा थप मुस्किल बढ्ने पक्का जस्तै भएको छ । एनसीबीका अफिसर समीर वानखडेले अनन्या संग सोधपुछ गरेका थिए । अनन्याका पिता चंकी पाण्डे भने बाहिरै बसेका थिए ।
अनन्यालाई च्याट बाट एकदमै स्पष्ट छ त्यसैले दुबै जना बीच कति पटक ड्रग्स खरीद गर्ने कुरा भयो भनेर एनसीबीका अफिसरले सोधेका थिए । अनन्या पाण्डे संग जोडिएको ३ वटा च्याटमा एकदमै गहिरीएर एनसीबीले प्रश्न गरेको थियो । अनन्या एकदमै दोधारमा देखीएकी थिईन् । उनले के उत्तर दिईन् स्यंम उनी आफै कन्फ्युजमा थिईन् । अनन्याको दुई वटै फोन एनसीबीले सीज गरिदिएको छ ।