बलिउडका बादशाह शाहरुख खानलाई छोरा आर्यन खानका कारण दिन प्रतिदिन मुस्किल बढ्दै गईरहेको छ । यतिबेला आर्यन मुम्बईको आर्थर रोड जेलमा रहेका छन् । उनको जमानतका लागि गरिएको अर्काे अपिल समेत अदालतले खारेज गरिदिए संगै शाहरुख झन तनावमा परेका छन् । आर्यनलाई एनसीबीको टीमले ३ अक्टोबरमा क्रुज शिप बाट गिरफ्तार गरेको थियो । २१ अक्टोबरमा एनसीबी शाहरुख खानको घर सम्म छापा मार्नका लागि पुगेको थियो ।
उनको घरमा छापा हान्नु अघि एनसीबीका एक अधिकारी नोटिस दिनका लागी शाहरुख खानको घर सम्म पुगेका थिए । स्यंम शाहरुख खानले उक्त नोटीस बुझेका थिए । उनले एनसीबी बाट प्राप्त नोटीस बुझ्दै एनसीबीका अधिकारी संग एनसीबीले राम्रो काम गरिरहेको तर आफ्नो छोरा चाँडै जेल बाट बाहिर आउनेमा आशा ब्यक्त गरेका थिए । एनसीबीको नोटीशमा लेखिएको थियो कि यदि आर्यन खान संग अरु कुनै इलेक्ट्रोनिक डिभाइस छ भने उनको परिवारले एनसीबी लाई सहज रुपमा हस्तान्तरण गरोस् ।
शाहरुख खानको घरमा एनसीबीका अधिकारी वीवी सिंह गएका थिए । उनले शाहरुख संग जाँचबुझका लागि केही पेपरवर्क रहेको र त्यसका लागि आएको बताएका थिए । केही बेर पछि एनसीबीको टोली काम पुरा गरेर फर्किएको थियो । आर्यन खान ड्रग्स केसमा पछिल्लो १४ दिन देखी जेलमा रात बिताईरहेका छन् । जेलमा आर्यन एकदमै अफ्ठ्यारो महसुस गरिरहेका छन् । उनी त्यहाको वातावरणमा घुलमिल हुन सकिरहेका छैनन् । हिजो मात्र शाहरुख खानले आर्थर रोड जेलमै पुगेर आफ्ना छोरा आर्यन संग १५ मिनेट गफ गरेका थिए ।