कलाकार मैनाका छोराको हत्या आरोपमा ३ जना समातिए, ३ जनालाई नै पुर्पक्षका लागि थुनामा — OSNepal

कलाकार मैनाका छोराको हत्या आरोपमा ३ जना समातिए, ३ जनालाई नै पुर्पक्षका लागि थुनामा

LC (KTM) May 24, 2021 0

काठमाडौं । बुवा, आमालाई थाहा नदिइकन पोखरा गएका नुभिव उप्रेतीको ह त्या आरोपी ३ जनालार्य अदालतको आदेशले थुनामा पठाइएको छ । वैशाख ३ मा बुृबाले कलेज लगेर छाडे लगत्तै उनी काठमाडौँबाट पोखरा गएका थिए । नुभिव राति होटल वेलकम इनमा बसेका थिए । यसअघि अपरिचित किशोरहरूसँग पोखराका एउटा रेष्टुेरेन्टमा भनाभन भएसँगै कास्कीको पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिरसँगै उनको शव वडा प्रहरी कार्यालय बैदामले फेला पारेको बताइएको छ ।

वडा प्रहरी कार्यालय बैदामले शुरुमा ‘आत्महत्या गरेको’ भन्दै जाहेरी लिन अस्विकार गरेपछि मृ तकका परिवार आक्रोशित भएपछि सक्ष्म रुपमा अध्ययन गर्दै प्रहरीले नुभिव प्रकरणका ३ जनालाई दोषीलाई पक्राउ गरेर हिरासतमा लिएको हो । हत्यामा संलग्न रहेको आरोपमा खोटाङ घर भई पोखरा बस्ने आशिष राई, स्याङ्जा घर भएका बिगेन गुरुङ र बासुदेव गुरुङलाई जिल्ला अदालत कास्कीले थुनामा पठाउन आदेश दिएको हो ।

बालिग नभएका कारण आशिषलाई बाल सुधार गृहमा राखिएको छ । बिगेन र बासुदेव १९ वर्षका छन् । नुभिव प्रकरणमा दोषाी फेला परेता पनि उनको मोवाइल भने अहिलेसम्म नभेटिएको बताइएको छ । घटना भएको दिन उनले ह्वाट्स अपबाट आमा भगवती मैनाली उप्रेतीलाई म्यासेज गरेको आमाले बताउँदै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर