बेमौसममा आएको बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या १ सय ११ पुग्यो, ३७ जना वेपत्ता — OSNepal

बेमौसममा आएको बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या १ सय ११ पुग्यो, ३७ जना वेपत्ता

LC (KTM) October 22, 2021 0

काठमडौँ ५ कात्तिक । चार दिन आएको अविरल वर्षाले निम्ताएको बाढी पहिरोमा परि मर्नेको संख्या १११ पुगेको छ । बाढी पहिरोमा परि सबैभन्दा धेरै ज्यान गुमाउनेमा प्रदेश १ मा ६५ जना रहेका छन् ।

अन्यमा सुदूरपश्चिम प्रदेशमा ३२ जना, कर्णाली प्रदेशमा ७ जना ,लुम्बिनी प्रदेशमा ४ जना,प्रदेशमा २ जना र बागमती प्रदेशमा १ जना गरी १ सय ११ पुगेको हो । त्यसैगरी उक्त घटनामा प्रदेश १ मा २१ जना , सुदूरपश्चिम प्रदेशमा १७ जना रकर्णाली प्रदेशमा ४ जना गरी ४२ जना घाइते भएका छन् ।

यसैगरी, बाढी पहिरोमा परि हाल सम्म ३७ जना वेपत्ता भएका छन् । जसमा सुदूरपश्चिम प्रदेशमा २३ जना , प्रदेश १ मा ११ जना, प्रदेश २ मा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ३७ जना वेपत्ता भएका हुन् ।

साथै, २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् भने ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
१ सय ८६ वटा पशु चौपायाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर