काठमाडौं ५ कात्तिक । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार मात्र विश्वासको मत लिने भएका छन् ।
शुक्रबार बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमित जुटाएको हो ।
नेकपा एमालेबाट प्रदशे सरकार भएका आचार्यले एमाले पार्टी फुटेसँगै बहुमत गुमाएका हुन् ।