अध्यक्ष प्रचण्ड लिए जिपलाइनको मज्जा — OSNepal

अध्यक्ष प्रचण्ड लिए जिपलाइनको मज्जा

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित धुलिखेल पुगेका छन् । नातिनातिनीसहित धुलिखेल पुगेका प्रचण्डले धुलिखेलमा रहेको क्लासिक जिपलाइनको अनुभव लिएका छन् ।

आफुलाई साहासिक गतिविधिमा रुचि लाग्ने बताउँदै आएका प्रचण्डले आफूले जिपलाइनको मज्जा लिएको बताएका छन् ।

२०७५ सालदेखि सञ्चालनमा आएको यो जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको दूरी ११ सय मिटर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर