कारागारबाटै जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्चमा रिट हालेका आलमको मुद्धाको सुनुवाई आज पनि भएन — OSNepal

कारागारबाटै जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्चमा रिट हालेका आलमको मुद्धाको सुनुवाई आज पनि भएन

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि आज हुने भनिएको सुनुवाई रोकिएको छ । पटक पटक पेसी तोकिए पनि सुनुवाई हुन नसेको मुद्धाको सुनुवाई आज पनि नहुने भएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ आजको सुनुवाइए स्थगित भएको बताइएको छ । जिउँदै मान्छेलाई जलाएर मारेको अभियोगमा कारागार जिवन बिताइरहेका आलामले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

आज शुक्रबार न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने गरी पेसी तोकिएको थियो ।

रौतहटबाट निर्वाचित सांसदलाई २०७६ असोज २६ गते पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर