काठमाडौं ५ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१ घर भई हाल मा माछापोखरी डेरा गरी बस्ने ३६ वर्षीय दिनेश विश्वकर्मा रहेका छन् ।
निजलाई १८ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बिहिबार पक्राउ परेका हुन् ।
यस विषयमा प्रहरीले थप अनुशन्धान अगाडी बढाएको छ ।